१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सेवा लम्साल सचिवमा बढुवा


442
Shares

काठमाडौं । सरकारले सहसचिव सेवा लम्साललाई सचिव पदमा बढुवा गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले परराष्ट्र सेवा समुहिकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त एक पदमा सहसचिव सेवा लम्साललाई बढुवा गर्ने निर्णय गरेको हो ।

त्यस्तै, बैठकले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथी पदमा बढुवा गर्ने भन्ने पनि गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो । मन्त्रिपरिषद्ले विद्युत खपत वृद्धि तथा खनिज, इन्धन न्युनिकरण सम्बन्धी कार्ययोजना २०८० लाई स्वीकृत गरेको पनि उहाँले बताउनुभयो ।

नेपाली सेनाका उपरथी श्री अशोकराज सिग्देललाई रथी पदमा बढुवा गर्ने भन्ने निर्णय पनि भएको छ ।

विद्युत खपत वृद्धि तथा खनिज, इन्धन न्युनिकरण सम्बन्धी कार्ययोजना २०८० पूर्वाधार समितिबाट आएको थियो यसलाई मन्त्रीपरिषद्ले स्वीकृत गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठक अघि सरकारको कार्यसम्पादनको चौमासिक समिक्षा पनि भएको थियो । सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री शर्माले सो समिक्षा बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का अनुपस्थित भएका कारण विस्तृत रुपमा बैठकमा छलफल हुन नसकेको जानकारी दिनुभयो । उहाँहरुसहित आगामी दिनमा बैठक बस्ने भनेर आजको समिक्षा बैठक टुंगिएको उहाँको भनाई छ ।

मन्त्री शर्माले आजको बैठकमा राखिएको प्रस्तुतिकरणका अनुसार चौमासिक समिक्षाको प्रतिवेदन सन्तोषजनक नदेखिएको बताउनुभयो ।