
पाँचथर । स्वास्थ्य मन्त्री तथा नेपाली काँग्रेसका नेता मोहन बस्नेतले स्वास्थ्य बीमालाई व्यवस्थित गर्न सरकार लागि परेको बताउनुभएको छ ।
पाँचथरको फिदिममा शुक्रबार बिहान नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरु सँगको भेटघाट कार्यक्रममा वोल्दै मन्त्री बस्नेतले स्वास्थ्य बीमामा देखिएको दुरुपयोगलाई व्यवस्थित गर्न लागेको बताउनु भएको हो । वास्ताविक बिरामीले लाभ लिने गरी नयाँ विधि बनाएर काम गर्न सरकार लागि परेको उहाँले बताउनुभयो ।
यस्तै मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा देखिएको समस्यालाई हल गर्न सरकार तत्पर रहेको बताउँदै अब चाँडै मेडिकल स्वास्थ्य शिक्षा विधेयक ल्याउन लागिएको स्पष्ट पार्नुभयो । उक्त विधेयकले स्वास्थ्य क्षेत्रमा देखिएको विकृतिलाई निर्मूल पार्ने उहाँको भनाइ थियो ।
शहर केन्द्रित सुविधा सम्पन्न अस्पतालमा मात्रै काम गर्ने चिकित्सकहरुलाई जिल्लाको दुरदराजसम्म पुरयाउन मन्त्रालय लागि परेको बताउनुभयो । साथै उहाँले अव बिरामी भएर औषधि उपचारको अभावमा अकालमा कोही पनि मर्नु नपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्