१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


बजारलाई खुला नछोडेसम्म व्यवसाय फस्टाउन सक्दैन : अध्यक्ष हमाल


455
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले बजारलाई खुला नछोडेसम्म व्यवसाय फस्टाउन नसक्ने बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा नविल बैंक लिमिटेडको सहायक कम्पनी नविल स्टक डिलर लिमिटेडको औपचारिक उद्घाटन र स्टक डिलर धितोपत्र कारोबारको शुभारम्भको अवसरमा बोल्दै अध्यक्ष हमालले यस्तो बताउनुभएको हो । उहाँले नियामक निकायहरुको भुमिका बजारको विकासलाई दीर्घकालीन र स्थिरता दिनुपर्ने रहेको बताउनुभयो । काम गर्ने प्रणालीमा सबैले परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो ।

अध्यक्ष हमालले गल्ती गर्छन् भनेर सरकारले कडा नीति ल्याउने हो भने व्यवसाय फस्टाउन नसक्ने बताउनुभयो । बजारमा कुनैपनि कुराहरु सबै लगानीकर्ता र विशेष गरी साना लगानीकर्ताको लाभमा नभए त्यस्ता नीति तत्काल परिवर्तन गर्ने पनि बताउनुभयो । उहाँले आगामी दिनमा नेप्सेले आफ्नो वेबसाइटमा लगानीकर्ताले सजिलोसँग हेर्नसक्ने गरी सम्पूर्ण तथ्यांकहरु राख्नुपर्ने बताउनुभयो ।

अध्यक्ष हमालले अर्थतन्त्र र व्यवसायको हीतको लागि नीतिहरु केन्द्रित हुनुपर्ने बताउनुभयो ।