२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


विवाहपञ्चमी महोत्सव अन्तर्गत तिलकोत्सव सम्पन्न


299
Shares

जनकपुर । रामजानकी विवाह पञ्चमी महोत्सवको चौथो दिन शुक्रबार (आज) तिलकोत्सव कार्यक्रम सम्पन्न भएको छ ।

जानकी मन्दिरबाट बाजागाजासँगै दुलही पक्ष फलफूल र मिठाइसहितका कोसेली लिएर राम मन्दिर पुगेका छन् ।

भारतको अयोध्याबाट आएका जन्तीलाई राम मन्दिरका सन्त महन्थको उपस्थितमा मैथिली भाषाको वैवाहिक लोकगीत र सांस्कृतिक कार्यक्रमबीच स्वागत गरिएको छ । त्यस क्रममा माइती पक्षले रामजानकी मन्दिरमा तिलक चढाएका छन् ।

कार्यक्रममा रामको पिताको भूमिकामा राम मन्दिरका महन्थ राम गिरी र सीताको पिताको भूमिकामा जानकी मन्दिरका महन्थ रामरोशन दास सहभागी भएका थिए ।

यस्तै, धनुषा निर्वाचन ३ का निर्वाचित सासद जुली कुमारी महतो, धनुषा ३ को ख बाट निर्वाचित दिपेन्द्र ठाकुर, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहलगायत तिलकोत्सवमा सहभागी थिए ।

शनिबार मटकोर र आइतबार विवाहउत्सवको कार्यक्रम रहेको छ ।