१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नविल बैंकको स्टक डिलर धितोपत्र कारोबार सुरु


351
Shares

काठमाडौं । नबिल बैंक लिमिटेडले स्टक डिलर धितोपत्र कारोबारको शुभारम्भ गरेको छ ।

शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच बैंकको सहायक कम्पनी नविल स्टक डिलर लिमिटेड र स्टक डिलर धितोपत्र कारोबारको शुभारम्भ नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले गर्नुभयो ।

बैंकले ३ अर्ब रुपैयाँको (९% नबिल डिबेन्चर २०८७’) ऋणपत्र निष्कासन गरेको छ । प्रतिइकाई १ हजार रुपैयाँका दरले ३ अर्ब रुपैयाँको ३० लाख इकाई ऋणपत्र निष्कासन गरेको छ ।

जसमा १८ लाख इकाई बैंकले विभिन्न संघ संस्थालाई बिक्री गर्ने जनाएको छ । बाँकी रहेको १२ लाख इकाई सर्वसाधारणका लागि छुट्याइएको छ । त्यसबाट ६० हजार कित्ता सामूहिक लगानी कोषको लागि छुट्याएको छ । बाँकी रहेको कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

नविलले ७ वर्षका लागि निष्कासन गरेको ऋणपत्रमा ९ प्रतिशत व्याज पाइने छ । ऋणपत्रमा पुस ३ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा पुस १३ गतेसम्म आवेदन दिन सकिने छ ।

यसमा न्युनतम २५ देखि अधिकतम १२ लाख इकाईसम्म आवेदन दिन सकिने छ ।