
उदयपुर । जिल्ला सितोरियो कराँते संघ अन्तर्गत भएको आजको खेलमा प्रथम कोशी अन्तर प्रदेश आमन्त्रित कराते प्रतियोगितामा सुनसरी प्रथम भएको छ ।
फाइनल खेलमा ४ स्वर्ण, ५ रजत र ३ कास्य पदक सहित सुनसरी प्रथम भएको हो ।
उदयपुरको थारुहट रंगशालामा संचालित प्रतियोगितामा झापा, मोरङ, सुनसरी, सिराहा, उदयपुर, सप्तरी, महोत्तरी, सर्लाही र संखुवासभाका खेलाडी सहभागी भएका थिए । प्रतियोगितामा सिराहा दोस्रो भएको छ भने झापा तेस्रो भएको छ ।
यस्तै, प्रतियोगिताको पुरुष तर्फ झापाका इसाक राई, उदयपुर त्रियुगाका सुजन तामाङ र महिला तर्फ झापाकै प्रकृति दुम्जन उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्