
फाइल तस्बिर
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भ्रष्टाचारमा राजनीतिक दलहरू डुबेका कारण विभिन्न प्रकरणहरू सार्वजनिक भइरहेको बताउनुभएको छ ।
शनिबार विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले राजनीतिक नेतृत्वको साँठगाँठ नभएसम्म ठूला–ठूला भ्रष्टाचार हुनै नसक्ने दाबी गर्नुभयो । उहाँले अहिले मुलुकका राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा अराजकता बढेको बताउँदै एनसेल प्रकरणमा राजनीतिक दलका नेता, व्यापारी र कर्मचारीको मिलेमतोमा अर्बौं रुपैयाँका भ्रष्टाचार भएको जिकिर गर्नुभयो ।
नेता कोइरालाले राजनीतिक दलका नेता र नेतृत्वका कारण व्यवस्थाप्रति नै जनताको वितृष्णा बढेकाले सच्चिएर अघि बढ्नुको विकल्प नभएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्