
काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा आर्सनल शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा ब्राइटनलाई २–० ले हराउँदै आर्सनलले अंक तालिकाको शीर्ष स्थानमा लिभरपुललाई उछिनेको हो । आफ्नै मैदानमा भएको खेलमा आर्सनललाई विजयी गराउन ग्याब्रियल जिसस र काइ हाभर्ट्जले एक एक गोल गरे ।
प्रिमियर लिगकै अर्को खेलमा लिभरपुल र म्यान्चेस्टर युनाइटेडले गोलरहित बराबरी खेलेका छन्् । आइतबार राति एस्टन भिल्लाले ब्रेन्टफोर्डलाई २–१ ले हराउँदा वेष्ट ह्याम युनाइटेडले वुल्भरह्याम्प्टन वान्डरर्सलाई ३–० ले पराजित ग¥यो ।
गएरातिका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा १७ खेलबाट ३९ अंक जोडेको आर्सनल शीर्ष स्थानमा उक्लिँदा ३८ अंकसहित लिभरपुल दोस्रो स्थानमा झरेको छ । समान ३८ अंक जोडेको एस्टन भिल्ला गोल अन्तरको आधारमा तेस्रो स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्