९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


संघीयता पछिको विकास सन्तोषजनक : प्रधानमन्त्री दाहाल


104
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीयता पछिको विकास सन्तोषजनक रहेको बताउनुभएको छ ।

सोमबार ललितपुर महानगरपालिकाको १०५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री दाहालले स्थानीय सरकार बनेपछि, संघीय लोकतान्त्रिक गणतन्त्रका संविधान बनेपछि र स्थानीय सरकारलाई जनताको प्रत्यक्ष नियन्त्रण, निगरानी र हस्तक्षेपको सरकार जनताको सरकारको रुपमा परिभाषित गरिएपछि भएका विकास उत्साहवद्र्धक रहेको बताउनुभयो । ७५३ तहकै अवस्था हेर्दा आफूले विकास निर्माण लगायतमा भएको काम सन्तोषजनक पाएको बताउनुभयो । उहाँले नकारात्मक कुरालाई भन्दा सकारात्मक कुरामा ध्यान दिनपनि जोड दिनुभयो ।

प्रधानमन्त्री दाहालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई वागमती नदी हस्तक्षेप, तीनकुने हस्तक्षेप वा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा आफूले जति पहल गर्ने अर्को प्रतिनिधि देख्नुभएको छ ? भन्दै प्रश्न गर्नुभयो । उहाँले आफू काठमाडौंको फोहोर व्यवस्थापन लगायतका कुरामा रचनात्मक रहेको बताउनुभयो । व्यवस्थापनका लागि गरेको पहललाई स्वीकार्न किन नसकेको भन्दै मेयर साहलाई प्रश्न गर्नुभयो ।

प्रधानमन्त्री दाहालले पूर्वाधार निर्माण मात्रै विकास नभएकाले जनताको जीवनमा सुखको प्रत्याभुति गराउन आवश्यक रहेको बताउनुभयो ।