
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ४९ औं दीक्षान्तमा करिब साढेँ १२ हजार विद्यार्थी दीक्षित भएका छन् ।
७३ हजार विद्यार्थीमध्ये दीक्षान्तमा १२ हजार ४ सय १५ विद्यार्थीमात्र सहभागी भएका हुन् ।
२०७९ को असारदेखि २०८० को असार मसान्तसम्म उतीर्ण भएका ७३ हजार विद्यार्थीमध्ये उक्त सङ्ख्यामा मात्र दीक्षित भएका हुन् ।
यो वर्ष एमफील, स्नातकोत्तर तह र स्नातक तह गरी २६ जना विद्यार्थीलाई विभिन्न विभूषणबाट विभूषित गरिएको छ । उनीहरूलाई राष्ट्रपतिले प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गर्नुभएको छ । यस्तै एमफील र पीएचडी तर्फ गरी १ सय १३ जना विद्यार्र्थी पनि पुरस्कृत हुँदैछन् ।
दीक्षान्त समारोहका कारण यतिखेर रंगशाला आसपासको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ ।






















प्रतिक्रिया दिनुहोस्