
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय सचिवालय बैठकमा विधान संशोधन सम्बन्धी प्रस्ताव पेस भएको छ ।
सोमबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकमा विधान संशोधन कार्यसमितिले विधान संशोधन सम्बन्धी प्रस्ताव पेस गरेको हो ।
पार्टीको यसअघि बसेको सचिवालय बैठकले पार्टीका संगठन विभाग प्रमुख र उपाध्यक्ष वेदुराम भुषालको संयोजकत्वमा बनेको महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वालासहितको तीन सदस्यीय विधान संशोधन कार्यसमिति गठन गरेको थियो ।
सोही समितिले विधान संशोधन सम्बन्धी प्रश्ताव पेस गरेको पार्टीका सचिव जीवनराम श्रेष्ठले बताउनुभयो । उहाँले समितिको तर्फबाट आजको बैठकमा विधान संशोधन सम्बन्धी प्रस्ताव पेस भएको र प्रस्ताव उपर आज छलफल भएको बताउनुभयो ।
सचिव जीवनराम श्रेष्ठले प्रस्तावमाथिको छलफल मंगलवारको सचिवालय बैठकमा पनि जारी रहने बताउनुभयो । उहाँले सचिवालय बैठक मंगलबार पनि जारी रहने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्