१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


वर्तमान सरकार सम्पूर्ण रुपमा असफल भयो : विष्णु पौडेल


247
Shares

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले वर्तमान सरकार पूर्णतः असफल भएको बताउनुभएको छ ।

वर्तमान सरकारको एक वर्षे कार्यकालको समिक्षा गर्दै उपाध्यक्ष पौडेलले आम नेपाली यो सरकारसँग असन्तुष्ट र असहमत रहेको तथा सत्तारुढ दलका नेताहरुले नै वर्तमान सरकार असफल भएको प्रतिक्रिया दिएको दाबी समेत गर्नुभयो ।

मंगलबार उपाध्यक्ष पौडेलले कांगे्रस महामन्त्री गगन थापाको अभिव्यक्तिप्रति संकेत गर्दै सरकार असफल भयो भनेपछि बोक्ने किन ? भनि पनि गर्नुभयो । उहाँले वर्तमान सरकारलाई खिँचडीको संज्ञा दिँदै यो सरकार मुलुकमा रहेसम्म देशले दुःख मात्रै पाउने जिकिर गर्नुभयो । वर्तमान सरकारसँग देश बनाउने कुनै नीति, विचार, विश्लेषण, गन्तव्य नभएको उपाध्यक्ष पौडेलको भनाई थियो । उहाँले वर्तमान सरकारलाई राख्ने नेपाली जनताको चाहना नभएको पनि पटकपटक दोहो¥याउनुभयो ।

उपाध्यक्ष पौडेलले सरकार परिवर्तनका लागि एमालेसँग संसदको अंंक गणित पर्याप्त नभएकाले त्यतातर्फ ध्यान नदिएको स्पष्ट पार्नुभयो ।