२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


तोकिएका सबै जिल्ला अधिवेशन स्थगित गर्ने एकीकृत समाजवादीको निर्णय


767
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकले मिति तोकिसकेका जिल्ला अधिवेशनहरु स्थगित गर्ने निर्णय गरेको छ ।

मंगलबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा सुरु भएको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठक अझै जारी रहेको र पुस ७ गते पुनः बस्ने पार्टीका सचिव जीवनराम श्रेष्ठले बताउनुभयो । उहाँले कतिपय जिल्लाहरुले अधिवेशन गर्ने तयारी गरिरहेको र कतिले अधिवेशन तोकिसकेको अवस्था रहेको भन्दै महाधिवेशनलाई केन्द्रित गरेर विधान संशोधनको प्रक्रियामा रहेको हुनाले माघ १४ र १५ गते बस्ने नेकपा एकीकृत समाजवादीको केन्द्रिय परिषद्को बैठकपछि मात्रै तिथि तोक्ने गरी तोकिएका सबै अधिवेशनहरु स्थगित निर्णय गरेको बताउनुभयो ।

सचिव श्रेष्ठले महाधिवेनमा कसरी नेतृत्व चयन गर्ने भन्ने बारेमा पनि छलफल भएको बताउनुभयो । उहाँले केन्द्रिय कमिटीको संख्या कस्तो बनाउने ? महाधिवेशन निर्वाचनको विधि कसरी गर्ने ? भन्ने बारेमा छलफल भइरहेको बताउनुभयो ।

सचिव श्रेष्ठले संगठनको संरचनालाई कसरी लैजाने भन्नेबारेमा पनि छलफल भइरहेको बताउनुभयो । विधानमा ७० वर्षको उमेरको सीमा तोकेको भएपनि सबैखालका उमेरसमूहलाई समेटेर लैजानेबारे पनि छलफल भइरहेको बताउनुभयो ।