
काठमाडौं । आज बिहान बारामा बस र ट्रक ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा २७ जना घाइते भएका छन् ।
काकड्भिट्टाबाट काठमाडौँ जाँदै गरेको बा ३–००१ ख २५८७ नम्बरको बस र हेटौडाबाट पथलैया जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक बुधबार बिहान बाराको अमलेखगञ्जमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर मृत्यु हुनेमा तनहुँ घर भएका ट्रकका चालक २८ वर्षीय पूर्ण गुरुङ, मकवानपुर हेटौँडाका बस चालक ४० वर्षीय हरि शमशेर सुयाल थापा र सनाखत हुन नसकेका अर्का एक पुरुष रहेको बारा प्रहरीले जनाएको छ । उनीहरूको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएकामध्ये ७ जनालाई उपचारका लागि हेटौडा तथा चितवन मेडिकल कलेज लगिएको र अन्य सामान्य घाइते २० जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्