६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन प्रधानमन्त्री दाहालले जिम्मेवारीबोध गर्नुपर्छ : मिनेन्द्र रिजाल


65
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन प्रधानमन्त्री पुष्पकमल दाहालले जिम्मेवारीबोध गर्नुपर्ने बताउनुभएको छ ।

बुधबार काठमाडौंमा भएको संक्रमणकालीन न्यायमा बारुदी सुरुङ र बिष्फोटक पदार्थका पीडितहरुको न्याय तथा माइन एक्शनमा समावेशिताको सवाल विषयक गोष्ठीमा बोल्दै नेता रिजालले यस्तो बताउनुभएको हो । उहाँले विस्तृत शान्ति सम्झौता हस्ताक्षर गरेको १७ वर्ष पुगिसक्दा पनि ३ पटक सशस्त्र द्वन्द्वको नेतृत्व गर्ने नेता प्रधानमन्त्री भइसक्दा किन टुंगिन नसकेको भन्दै प्रश्न गर्नुभयो ।

नेता रिजालले सशस्त्र बिद्रोहको नेतृत्व गरेको शक्ति सत्ताको छेउछाउमा मात्रै पुगेको भएपनि पन्छिने ठाउँ रहेको तर नेतृत्व नै गरिसिक्दा पनि किन टुंग्याउन नसकेको भन्नेकुरा रहस्यपूर्ण रहेको बताउनुभयो । उहाँले राजनीतिका फाइदा र बेफाइदाका बीचमा शान्ति प्रक्रियाका कामहरु बाँकी रहेको बताउनुभयो ।

नेता रिजालले प्रधानमन्त्री दाहाल शान्ति प्रक्रिया टुंग्याउनुपर्छ भन्ने चन्दा सत्तामा धेरै केन्द्रित हुने भने संक्रमणकालीन न्याय टुंगिन कठिन रहेको बताउनुभयो ।