२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


राष्ट्रिय सभा निर्वाचनका लागि ७ मतदान स्थल र १४ मतदान केन्द्र


0
Shares

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि ७ वटा मतदान स्थल र १४ वटा मतदान केन्द्र तोकेको छ ।

आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै आगामी माघ ११ गते हुने निवार्चनका लागि प्रत्येक प्रदेशमा एक एक वटा मतदान स्थल र सोही मतदान स्थलमा दुई दुई वटा मतदान केन्द्र राख्ने निर्णय भएको जनाएको हो ।

कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, विराटनगर मतदानस्थल तथा मधेश प्रदेशका लागि महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुरधाममा मतदानस्थल राखिएको छ ।

यस्तै, बागमती प्रदेशका लागि श्री भुटनदेवी मा.वि. प्राविधिक शिक्षालय, ब्लक एफ प्राविधिक भवन, हेटौडा र गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय पोखरामा राखिएको छ ।

लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्रको भवन घोराही दाङ, कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्‍चिम प्रदेशका लागि प्रदेशसभा भवन, धनगढीमा मतदानस्थल तोकिएको जनाएको छ ।

मतदानस्थलमा प्रदेशसभा सदस्य र गाउँपालिका अध्यक्ष उपाध्यक्ष, नगर प्रमुखउपप्रमुखले बेग्लाबेग्लै मतदान केन्द्रहरूमा माघ ११ गते बिहान ९ बजे देखि ३ बजेसम्म मतदान हुने जनाएको छ ।