
सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकास्थित कल्पबृक्ष वडा नम्बर ३ को मथौलीमा स्वास्थ्य चौकी भवन निर्माण हुने भएको छ ।
सो स्वास्थ्य चौकी भवनको आज शुक्रवार एक कार्यक्रमकाबीच स्थानीय दलित समुदायका अगुवा हिरालाल सेन्चुरी बिकले शिलान्यास गर्नुभएको हो । सो भवन निर्माणका लागि निर्माण कम्पनी बीर बीर गणेश कन्स्ट्रक्सन प्रालिसँग संझौता गरिएको छ ।
संझौता पत्रमा गाँउपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जी र निर्माण कम्पनीका तर्फबाट सो कम्पनीका प्रतिनिधिले हस्ताक्षर गरेका छन् । झण्डै २ करोड रुपैयाँमा निर्माण गर्न लागिएको सो स्वास्थ्य चौकी भवनको निर्माण कार्य २०८२ चैत अन्तिममा सक्ने गरी संझौता भएको मरिणका गाउँपालिकाका अध्यक्ष विमर्श मुक्तानले जानकारी दिनुभयो ।

सुविधा सम्पन्न सो भवन निर्माणपछि त्यस भेगका जनताले सहज रुपमा स्वास्थ्य सेवा प्राप्त गर्नुका साथै उपचारका लागि टाढा–टाढा जानुपर्ने अवस्थाको अन्त्य हुने विश्वास अध्यक्ष मुक्तानको रहेको छ ।
प्रतिक्रिया दिनुहोस्