१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राष्ट्रिय बालबालिका नीतिले बालबालिकाको हक हीतको सुरक्षा गर्छ : मन्त्री आचार्य


91
Shares

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले बिहीबारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको राष्ट्रिय बालबालिका नीति, २०७९ ले बालबालिकाको हक हीतको सुरक्षा हुने बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आचार्यले यस्तो बताउनुभएको हो । उहाँले फरक क्षमता भएका बालबालिकाहरु र अन्य बालबालिकाको हक, पठनपाठन, स्वास्थ्य शिक्षाका लागि मन्त्रालयले कार्यक्रम अघि बढाउने बाटो खोलेको बताउनुभयो ।

मन्त्री आचार्यले देशमा कुना कन्दरामा अपाङ्गता, फरक क्षमता भएका व्यक्तिहरुको क्षमतालाई उजागर गर्न सक्नुपर्ने बताउनुभयो । उहाँले शरीरको एउटा अंगबाट दर्शक केसीले लेख्नुभएको पुस्तक दर्शनलाई विश्व कीर्तिमानका रुपमा पनि अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले उहाँको सम्मानका लागि मन्त्रालयमा कार्यक्रम राख्ने पनि बताउनुभयो ।

मन्त्री आचार्यले अनाथ, अपाङ्गता भएका बालबालिकाका विषयमा कानून नहुँदा काम गर्न समस्या रहेको बताउनुभयो ।