
काठमाडौं । नेपाली कांग्रेसको प्रथम बागमती प्रदेश स्तरीय प्रथम सम्मेलन शनिबारदेखि काठमाडौंमा हुने भएको छ ।
काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलन गर्दै कांग्रेस बागमती प्रदेशका प्रवक्ता तिलक दुवाडीले शनिबारदेखि सुरु हुने सम्मेलनको उद्घाट्न पार्टी सभापति शेरबहादुर देउवाले गर्ने जानकारी दिनुभयो ।
दुई दिनसम्म चल्ने सम्मेलमा प्रदेशका सवै जिल्लाका प्रदेश प्रतिनिधिहरुको सहभागिता रहने छ । कांग्रेसले यसअघि लुम्बिनी, गण्डकी र मधेश प्रदेशको सम्मेलन गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्