१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


न्यायपरिषद्को संरचनामा सुधार गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश कार्की


91
Shares

काठमाडौं । पूर्वप्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायपरिषद्को संरचनामा सुधार गर्नुपर्ने बताउनुभएको छ ।

सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिमा समेत सधैं विवादमा परिरहने भएकाले सो परिषदको संरचना नै सुधार गर्नुपर्ने बताउनुभयो । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश कार्कीले न्यायाधीशको नियुक्तीलाई सधैं विवादमा पारेर कसरी न्यायालयबाट स्वतन्त्र र सक्षम न्याय सम्पादनको आशा गर्न सकिन्छ ? भनिप्रश्न समेत गर्नुभयो ।

पूर्वप्रधानन्यायाधीश कार्कीले संवैधानिक परिषद् र संसदीय सुनुवाई समितिले पनि आफ्नो उद्देश्यअनुसार काम गर्न नसकेको बताउनुभयो । उहाँले छुट्टै संवैधानिक इजलास हुनुपर्ने प्रश्ताव पनि गर्नुभयो । हाल भईरहेको संवैधानिक इजलासको कामै नभएको उहाँको जिकिर थियो । पूर्वप्रधानन्यायाधीश कार्कीले आफूले संविधान निर्माण गर्ने बेलामा पनि छुट्टै संंवैधानिक अदालतको कुरा गरेको र अहिले पनि सोही अडानमा अडिग रहेको समेत बताउनुभयो ।

पूर्वप्रधानन्यायाधीश कार्कीले सर्वोच्च अदालतको न्यायाधीश नियुक्तीका लागि परीक्षा प्रणाली उपयुक्त हुनसक्ने विकल्प प्रस्तुत गर्नुभयो । त्यसैगरी परीक्षणको माध्यामबाट पनि न्यायाधीशको छनौट गर्न सकिने उहाँको भनाई थियो ।