
काठमाडौं । नेपाली कांग्रेसका सांसद जीवन परियारले ‘दोहोरो भीडन्त बाहेकको हत्या’ भनेर मात्रै गम्भिर मानव अधिकार उल्लंघनको विषय नसमेटिने बताउनुभएको छ ।
शुक्रबार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसद परियारले दोहोरो भीडन्त बाहेकको हत्या भनेर मात्रै गम्भिर मानव अधिकार उल्लंघनको विषय नसमेटिने बताउनुभएको हो । उहाँले स्वेच्छाचारीपूर्वक÷क्रुरतापूर्वक गरिएको हत्यालाई गम्भिर मानव अधिकार उल्लंघनको घटनाको रुपमा लिनुपर्ने बताउनुभयो ।
त्यसैगरी विगतमै अयोग्य लडाकु भनिएका र राज्यले लोकतान्त्रिक योद्धा भनेर समेत सम्बोधन गरिसकेकाहरुलाई ‘सशस्त्र द्वन्द्वका क्रममा विभिन्न ढंगबाट जोडिएका र प्रभावित भएका व्यक्तिहरु’ भन्ने शब्द राखेर विधेयकमा सहमति जुटाउन सकिने बताउनुभयो । उहाँले मानव अधिकार उल्लंघनका घटनामा मेलमिलाप हुन नसकेको अवस्थामा अदालती प्रक्रियामा जान सकिने र सजायको सन्दर्भमा भने अदालतले नै तोक्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
सांसद परियारले न्यायाधीश नियुक्तिमा समावेशिकरणको सिद्धान्त लागू नगरिएको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्