१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


संविधानको मर्मविपरीत बोल्ने छुट कसैलाई छैन : सञ्चारमन्त्री शर्मा


676
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुशासन प्रवर्द्धन एवं सेवा प्रवाहलाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघ सुनसरीले शनिबार धरानमा आयोजना गरेको कार्यक्रममा मन्त्री शर्माले लोकतन्त्रमा अभिव्यक्तिको स्वतन्त्रता भए पनि संविधानको मर्मविपरीत बोल्ने छुट कसैलाई नभएको बताउनुभयो ।

मन्त्री शर्माले वर्तमान सरकारले जनताका अपेक्षाअनुरुप काम गरिरहेको बताउँदै सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन चाँडो टुङ्ग्याइने जानकारी दिनुभयो । उहाँले संक्रमणकालिन न्यायसम्बन्धी बाँकी काम सबै दलसँग सहकार्य, सहमति र छलफल गरेर टुङ्ग्याइने बताउनुभयो ।

मन्त्री शर्माले सञ्चार क्षेत्रमा पनि अन्य व्यापार व्यवसायमा जस्तै आर्थिक सङ्कट देखिएको भन्दै सञ्चार क्षेत्रलाई छुट दिने सोचमा सरकार रहेको बताउनुभयो ।