१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


न्यायालयप्रति जनआस्था बढाउन छिटो, छरितो न्याय सम्पादन हुनुपर्छ : कानून व्यवसायी


91
Shares

काठमाडौं । कानून व्यवसायीहरुले न्यायालयप्रतिको जनआस्था बढाउनका लागि छिटो, छरितो न्याय सम्पादनको काम हुनुपर्ने बताएका छन् ।

न्यायालयप्रति जनविश्वास बढाउनका लागि राजनीतिक हस्तक्षेपको अन्त्य हुनुपर्नेमा उनीहरुले जोड दिएका हुन् ।

शनिबार नेपाल बार एशोसिएशनको ६८ औं स्थापना दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा भेला भएका कानून व्यवसायीहरुले न्याय पाउने कुरा खर्चिलो हुन नहुने आवश्यक्ता पनि औंल्याएका छन् । वरिष्ठ अधिवक्ता उषा मल्ल (पाठक) ले न्यायालयमा जनआस्था अभिवृद्धिका लागि राजनीतिक हस्तक्षेपको अन्त्य हुनुपर्ने बताउनुभयो । उहाँले न्यायालयको सुधारका लागि यस भित्र देखिएका विकृति र विसंगतिको अन्त्यका लागि नेपाल बार एशोसिएशनले नेतृत्वदायी भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

नेपाल बार एशोशिएशनकी महासचिव अञ्जिता खनालले न्याय सम्पादनको कामलाई छिटो, छरितो बनाएर न्यायालयप्रति जनविश्वास बढाउने सकिने बताउनुभयो । उहाँले नेपाल बारले पनि न्यायालयप्रति जनविश्वास आर्जन गराउनका लागि परेको दाबी समेत गर्नुभयो ।

अधिवक्ता जितेन्द्रबहादुर मराईले न्यायालयको जनआस्था जोगाई राख्नका लागि नेपाल बार एशोसिएशनको भुमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले न्यायमा पहुँच नभएका नागरिकको न्याय निरुपण गर्ने कुरामा अदालत, कानून व्यवसायी सबैले मिलेर काम गर्नुपर्ने बताउनुभयो ।

अधिवक्ता मराईले न्यायालय कानूनी राज्यको अवधारणाअनुसार चल्नुपर्ने पनि बताउनुभयो ।