
शंकर खनाल
जाजरकोट । बढ्दो चिसोसँगै जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडित न्यानोको खोजिमा छन् । भूकम्पले त्रिपालमुनिको बास बनाएपछि कठ्याङ्ग्रीदो जाडोमा बच्न सरकार र दाताको मुख ताक्नुबाहेक अन्य विकल्प उनीहरुसँग देखिँदैन ।
डेढ महिना अघिको कहालि लाग्दो भूकम्पको धक्काले तहसनहस बनाएको जाजरकोटको यो राउतगाउँका घर कहिले ठ्ड्एलान यसै भन्न सकिने अवस्था छैन । यसरी घर धुलो पिठो हुँदा धेरै परिवारले आफन्त गुमाउनु पर्दाको वियोग त छदैछ, यो कठ्याङ्ग्रीदो जाडोमा सास्ती भोग्नु पर्दा उनीहरुको दुःख भनिसाध्य छैन । भूकम्पले घर गल्र्याम गुल्र्लुमम ढलाएछि बास र गासको बेटुंगो भएपछि उनीहरुको दैनिकी पनि दयनिय देखिन्छ ।
माओवादी केन्द्रका नेता तथा पूर्वअर्थमन्त्री जनार्दन शर्माले पहिलो प्राथमिकता सरकार र विभिन्न संघसंस्थाले उपलब्ध गराएको राहत र उद्धार तत्काल भई रहेको र अबको प्राथमिकता त्रिपालबाट छतमुनि ल्याउने भएको बताउनुभयो ।
भूकम्पले जनधन र भएको अन्नपात सबै पुरिएपछि प्रभावित भएको उनीहरुको दिनचर्या आरआरएन, डब्लुएचएचलगायतका संघसंस्थाले तत्काल पु¥याएको खाद्यान्न र न्यानो कपडाले उनीहरुको त्रिपालमुनिको चिसो बसाईलाई केही हदसम्म न्यानो बनाएको छ । आरआरएनका अध्यक्ष डा. अर्जुन कार्कीले तत्कालकालागि चिसोबाट जोगाउन जस्तापातासहितका घरसहित अब दिर्घकालिन काम गरीने बताउनुभयो ।
भेरी नदीको खोचमा रहेको यो बस्तीका प्राय सबै घरहरु यसरी ध्वस्त भएका छन् । आर्थिक रुपलेसमेत पिछडीएको यो बस्तीका नागरिकमा भूकम्प पछि के खाउ र के लाउ भन्ने अवस्था थियो तर, यसरी जाडोको यो चिसो मौसममा नाना छाना, खाद्यान्न र बन्दोबस्तीका सामान लिएर घर फर्कन पाउँदा उनीहरु खुशी भएकाछन् ।
भूकम्पले बढी क्षति पु¥याएको सानीभेरी गाउँपालिकाका अध्यक्ष विर्खबहादुर विष्टले विपतको समयमा विभिन्न संघसंस्थाले गरेको सहयोगकै कारण सुत्केरी, गर्भवती, बुढाबुढी र बालबालिकालाई चिसोबाट बचाउन सकीएको बताउनुभयो । उहाँले यहाँका ६ हजार ३ सय ९५ घरधुरी मध्ये ५ हजार ७ सय ४३ घर धुरी पूर्णरुपमा क्षति भएको भन्दै अबको प्राथमिकतामा परेको जस्तासहितको घरनिर्मार्ण बाट मात्रै भूकम्प पीडितलाई बढ्दो चिसोबाट बचाउन सकिने बताउनुभयो ।
अहिले आरआरएनलगयतका संघ संस्थाले यसरी घरघरमै इन्जिनियर पुगेर भूकम्प पीडितका घर निर्माणमा सहयोग गर्दा भूकम्पप्रभावितलाई केहि सहज पनि भएको छ । जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले उद्धार राहतको कामसँगै अब जस्तापाता सहितका घर निर्माण प्राथमिकता रहेको बताउनुभयो । राहत पाएका छैनौ भन्ने कुरा झुटो भएको भन्दै समानुपातिक रुपमा राहत वितरण गरेको बताउनुभयो ।
तर, जे भएपनि भूकम्पको धक्का सहेका यहाँका यी निमुखा नागरिकका लागि अहिलेसम्म सरकारले दिने ५० हजार रुपैयाँको किस्ता सबै नपुग्दा उनीहरुलाई अर्को धक्का लागेको झै देखिन्छ । किन भने यसरी भूकम्पले चर्काएर र धूलोपीठो बनाएका घर पुनःनिर्माण गर्न सामथ्र्य नहुँदा त्यसै त्रिपालमा बस्नु पर्ने बाध्यता ज्यूकात्यू छ ।
प्रतिक्रिया दिनुहोस्