
नवलपरासी । नेपाली सेनाले स्वास्थ्यको पहुँच कम भएका ग्रामीण क्षेत्रलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
गोरखदल गण परासीले शनिबार देवदह मेडिकल कलेजको सहकार्यमा नवलपरासीको प्रतापपुर गाउँपालिका–७ जगन्नाथपुरमा शिविर सञ्चालन गरेको हो ।
सीमावर्ती ग्रामीण क्षेत्रमा सञ्चालन गरिएको शिविरमा विभिन्न १३ प्रकारका रोगको परीक्षण गरिएको थियो । १७ जना विशेषज्ञ चिकित्सकसहित ५४ जना स्वास्थ्यकर्मीहरुले शिविरमा स्वास्थ्य परीक्षण गरेका थिए । प्रतापपुरसहित छिमिकी गाउँपालिकाबाट समेत आएका करिब ३ हजार जना स्थानीयहरुले स्वास्थ्य परीक्षण गराएका थिए ।
स्वास्थ्यको पहुँचकम भएका र विशेषज्ञ चिकित्सकको सेवा पाउनबाट बञ्चित ग्रामीण क्षेत्रका स्थानीयलाई लक्षित गरेर शिविर सञ्चालन गरेको प्रमुख सेनानी ज्ञानकाजी श्रेष्ठले बताउनुभयो ।
शिविरमा जेष्ठ नागरिकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्