१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपाल सुपर लिग फुटबलमा तेस्रो स्थानमा रहँदै काठमाडौं प्लेअफमा


1.027k
Shares

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा काठमाडौं रेजर्स एफसी प्लेअफमा पुगेको छ ।

दशरथ रंगशालामा शनिबार भएको खेलमा ललितपुर सिटीलाई १–० गोल हराउँदै काठमाडौं तेस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको हो ।

ललितपुर सिटी एफसी पनि चौथो स्थानमा रहेर प्लेअफमा पुगेको छ ।

यसअघि आजै भएको पहिलो खेलमा बुटवल लुम्बिनी फुटबल क्लबले वीरगञ्ज युनाइटेड फुटबल क्लबलाई हराएको छ । दशरथ रंगशालाामा भएको खेलमा बुटवलले वीरगञ्जलाई १–० गोलले हराएको हो ।