१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सन्दीप लामिछानेविरुद्धको मुद्दाको आज सुनुवाइ


1.482k
Shares

क्रिकेटर सन्दीप लामिछानेबिरुद्ध दायर भएको जबरजस्तीकरणी मुद्दाको अन्तिम सुनुवाई आज हुँदैछ । आज मुद्दाको किनारा लगाउने बताइएको छ । सर्वोच्च अदालतले गत १५ फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएको थियो । तर अहिलेसम्म फैसला हुन सकेको छैन ।

सन्दिप विरुद्धको बलात्कार मुद्दामा पीडित किशोरीको उमेर १८ वर्ष कम (नाबालिग) भएको दाबी गर्दै १० देखि १२ वर्षसम्मको कैद सजाय माग गरी मुद्दा दर्ता भएको थियो ।

यसअघि फैसलाका लागि भनेर पटकपटक पेसी तोकिए पनि विभिन्न कारण मुद्दाको किनारा लाग्न सकेको छैन । पछिल्लो पटक गत मंसिर २४ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा पहिलो नम्बरमै पेसी तोकिए पनि सन्दीपका वकिलले निवेदन दिएर सुनुवाइ स्थगन गराएका थिए ।

सन्दीप दोषी ठहर भएमा मुलुकी अपराध संहिताअनुसार उनी कम्तीमा १० वर्ष जेलमा बस्नुपर्नेछ ।