
सर्लाही । सर्लाहीमा शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । भारतीय सीमावर्ती क्षेत्रस्थित सर्लाहीको विष्णु गाउँपालिका–६, मा गएराति भएको मोटरसाइकल दुर्घटनामा चालक कौडेना सक्रौलका २० वर्षीय इन्दल सहनीको मृत्यु भएको हो ।
शनिबार राति करिब १० बजे भाडसरबाट सिमरा जाने भित्री बाटोमा मोटरसाइकल आफै अनियन्त्रित भइ बिजुलीको पोलमा गएर ठोक्किँदा सहनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सहनीलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतक सहनीको शव पोष्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्