
काठमाडौं । पोखराको रामबजारस्थित वीरेन्द्रचोकमा राजा वीरेन्द्रको शालिक पुनस्थापना गरिएको छ ।
२०६२/६३ सालको आन्दोलनका बेला माओवादीले तोडफोड गरेको शालिक १७ वर्षपछि गएराती पुनस्थापना गरिएको हो ।
गएराती पौनै २ बजे पुनस्थापना गरिएको ढलौटको शालिक ८ फिट अग्लो रहेको छ । रामबजारकै दुई युवाले २५ लाख रुपैयाँ खर्च गरेर शालिक निर्माण गराएका हुन् ।
शालिक पुनस्थापना गरिएको स्थानमा रङरोगन र बारको काम बाँकी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्