९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


मेलम्चीको पानी काठमाडौं आउँदैन भन्ने भाष्यलाई गलत सावित गर्नुछ : प्रधानमन्त्री दाहाल


364
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मेलम्चीको पानी एक महिना भित्र काठमाडौंमा ल्याउने लक्ष्यसहित काम भइरहेको बताउनुभएको छ ।

मंगलबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षबाट राष्ट्रको नाममा सम्बोधन गर्दै पुष्पकमल दाहालले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री दाहालले मेलम्चीको पानी उपयोग गर्न नपाएको गुनासो आफूले सुनिरहेको उल्लेख गर्दै ती समस्या समाधानका लागि आफूले सम्बन्धित निकायसँग छलफल गरिरहेको बताउनुभयो । मेलम्ची खानेपानीको समस्याबारे आफूले सबै सम्बन्धित निकायसँग छलफल गरी समाधानका लागि काम अघि बढाएको प्रधानमन्त्री दाहालको भनाई थियो ।

प्रधानमन्त्री दाहालले खानेपानीसम्बन्धि काम गर्ने निकायको संरचनागत सुधार गर्ने कामलाई पनि सरकारले प्राथमिकता दिएको बताउनुभयो ।