
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको अन्तिम सुनुवाइ आज हुँदैछ । जिल्ला अदालत काठमाडौंमा दायर भएको मुद्दाको अन्तिम सुनुवाइ आज हुन लागेको हो ।
गत आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुरु भएको सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । सोमबार र मंगलबार सार्वजनिक बिदा परेकाले उक्त सुनुवाइ आज हुन लागेको हो ।
नाबालिग बलात्कारको आरोप लागेका सन्दीप दोषी ठहर भएमा १० वर्षसम्म जेल सजाय हुन सक्नेछ । काठमाडौं जिल्ला अदालतमा एक वर्षदेखि विचाराधीन रहेको मुद्दामा फैसलाका लागि पटक पटक पेसी तोकिँदै आएपनि अदालतले निर्णय सुनाउन सकेको छैन ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान लामिछानेविरुद्ध २०७९ कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो ।
प्रतिक्रिया दिनुहोस्