२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


पार्टीमा उमेरहदको सान्दर्भिकता सकियो : झलनाथ खनाल


546
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीमा उमेरहदको सान्दर्भिकता नै नभएको बताउनुभएको छ ।

पार्टीको नवौं महाधिवेशनमा ७० वर्षे उमेरहद राखिएपनि यसको सान्दर्भिकता नदेखिएको सम्मानित नेता खनालको भनाई थियो ।

बुधबारबाट ललितपुरमा सुरु भएको पार्टी केन्द्रिय कमिटी बैठकमा बोल्दै नेता खनालले लागू नगरिएकाले पार्टीमा उमेरहदको सन्दर्भ हराइसकेको दाबी समेत गर्नुभयो । उहाँले उमेरहद राख्ने तर विचारवान नेताहरु जन्माउन नसकिएको पनि स्मरण गराउनुभयो । उहाँले आगामी महाधिवेशनमा पार्टीमा युवाहरुको व्यापक उपस्थिति हुनेगरी विधान बनाउनुपर्ने कुरामा पनि जोड दिनुभयो ।

नेता खनालले पार्टी कमिटीका आकारहरु पनि घटाउनुपर्ने प्रस्ताव गर्नुभयो । ठूलो कमिटी खर्चिलो र भद्दा हुने भएकाले यसको आकार कटौति गर्न आवश्यक रहेको उहाँको तर्क थियो ।