
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप पौडेलले हिमालको संरक्षणमा जोड दिनुपर्ने बताउनुभएको छ ।
भारतको नागपुरमा हालै सम्पन्न ध्यान शिविरमा सहभागी हुनुभएका उहाँले नेपालको सभ्यताको शिर नै हिमाल भएकाले यसको संरक्षणमा जोड दिनुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।
प्रवचनको क्रममा शिव कृपानन्द स्वामीले नेपालको हिमाल, प्राकृतिक क्षेत्र, पशुपतिनाथ सबैको चित्रण गर्दा आफूलाई आनन्दको अनभुति भएको बताउनुभयो । नेता पौडेलले ध्यान शिविरको समयमा नेपालको हिमालको महत्वलाई आध्यात्मिक पक्षसँग जोडेर पनि मान्छेको क्षमता अभिवृद्धि गर्ने वातावरण निर्माण गर्ने परिस्थिति बन्दो रहेछ भन्ने ज्ञान पाएको बताउनुभयो ।
गत पुस ३ गतेबाट सुरु भएको सो शिविर १० गते समापन भएको थियो । शिविरमा ७० राष्ट्रका करिब ६ लाख ५० हजार साधकहरुको सहभागिता भएको हिमालय ध्यान समर्पण योग केन्द्रका डाइरेक्टर अम्ब्रिस मोडकले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्