
पर्वत । पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली ठगी आरोपमा कार्यालयबाटै पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयको टोलीले बुधबार दिउँसो पराजुलीलाई कार्यालयबाटै पक्राउ गरेको हो ।
पोखरामा सहकारी कार्यालयको रजिष्ट्रार हुँदा मित्रमिलन सहकारीको कार्यक्षेत्र विस्तार गर्ने विषयमा अनियमितता गरेको आरोपाम उनलाई पक्राउ गरिएको हो ।
कास्की प्रहरीको अनुरोधमा पराजुलीलाई पक्राउ गरेर कास्की पठाएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरिक्षक खुमलाल भुसालले जानकारी दिनुभयो । एक साता अघि पक्राउ पूर्जी जारी गरिएका उनी यो बीचमा लुक्दै हिँडेका थिए ।
सहकारीको कार्यक्षेत्र विस्तारको अनुमति दिँदा एक करोड रुपैयाँ घुस लिएको आरोप उनीमाथि लागेको छ ।
प्रतिक्रिया दिनुहोस्