२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


बालकुमारी घटनाको विरोधमा उत्रिएका युवाहरु माईतीघरबाट पक्राउ


10.361k
Shares

काठमाडौं । बालकुमारीमा दुई युवाको ज्यान गएको घटनाको विरोधमा उत्रिएकाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

माईतीघरमा सरकारको विरोध गर्दै उत्रिएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले ७ जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।

शुक्रबार कोरियन भाषा परीक्षाका विषयमा भएको विरोध प्रदर्शनमा प्रहरीको गोली लागेर २ जना मृत्यु भएको थियो । बालकुमारीमा भएको घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी समेत गरिएको थियो ।