२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


बालकुमारी घटनाबारे छानबिन गरी दोषीमाथि कारबाही गर्न जसपाको माग


130
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले बालकुमारी घटनाबारे छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ ।

(जसपा)ले रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षामा आवेदन दिन पाउनुपर्ने माग गर्दै युवाहरुले शुक्रबार बालकुमारीमा गरेको आन्दोलनको क्रममा प्रहरीले गोली चलाउँदा दुई जनाको निधन भएको घटनामा सत्य तथ्य छानबिन हुनुपर्ने र दोषीमाथि हदैसम्मको कारबाही गर्न माग गरेको हो ।

शनिबार विज्ञप्ति जारी गरी जसपाले इपिएस परीक्षामा आवेदन दिन नपाउँने भनि कसले र किन निर्णय गरेको थियो रु उक्त घटना कसरी घट्न गयो रु उक्त घटनासँग जोडिएको समग्र विषयको सत्य, तथ्य छानबिन गर्न माग गरेको छ । मुलुकभित्र रोजगारी सृजना गर्न नसक्नु राज्यको कमजोरी भएको बताउँदै जसपाले रोजगारको माग गर्ने युवामाथि दमन गर्ने र नागरिक हत्या गर्ने सरकारको कदम दुखद भएको बताएको छ ।

पीडितहरुलाई क्षतिपूर्ति उपलब्ध गराउँन र घाइतेहरुको स्वास्थ्योपचारको व्यवस्था मिलाउन समेत जसपाले सरकारसँग माग गरेको छ ।