१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पूरा भएन भूकम्प पीडितलाई दिएको आश्वासन


117
Shares

शंकर खनाल

रुकुम पश्चिम । सरकारले ५० हजार रुपैयाँ तत्काल उपलब्ध गराएर तत्कालै घर टहरा निर्माण गरी भूकम्पपीडितलाई छाना मुनि ल्याउने आश्वासन त दियो । तर, भूकम्प गएको दुईमहिना बित्न लाग्दासमेत भूकम्पपीडितलाई दिएको आश्वासन सरकारले पुरा गरेको छैन ।

पुस महिना, मध्य जाडोको सिजन हो । घरबार हुनेले मज्जाले बिजुली र हिटर बालेर जाडो छली रहेका छन् । आङभरी न्यानो कपडा लागाएर हिडडुल गर्ने र घरमा बस्नेलाई समेत जाडोले सताउन थालेको छ । तर, भूकम्पले यसरी घरबारबिहिन बनाएर खुला ठाउँमा त्रिपालमूनि बस्नेहरुलाई जाडोले के हालत बनाएको होला ? सजिलै अनुमान लगाउन सकीन्छ । त्यसमा पनि बुढाबुढी, सुत्केरी, गर्भवती र बालबालिकाको अवस्था दयनीयनै छ ।

भूईको चिसो सिरेटो र जाडोले कठ्याङ्ग्रीएर दिर्घरोगीले ज्यान गुमाउनु परी रहेको छ । रुकुम पश्चिम र जाजरकोटका भूकम्पपीडितले मध्यजाडोको सिजन बित्न लाग्दासमेत टहरा निर्माण नगरीदिदा जाडोमा रात काट्नु परीरहेको बिलौना गरी रहेका छन् । यता नेताहरुले भने घरटहरा निर्माण, जस्तापाता वितरण र छानामुनि चाडो ल्याउने भनेर अझै आश्वासन बाढी रहेका छन् ।

त्यसो त सरकारले स्थानीय तहमार्फत घर टहरा निर्माणकालागि बजेट निकासा गरेको भनेर अहिलेसम्म ढाटी रहेको छ । भूकम्पले मात्र हैन, आर्थिक अवस्थालेसमेत जर्जर बनाउदा उनीहरुको समस्या ज्यूँका त्यूँ छ । सानीभेरी गाउँपालिकाका अध्यक्ष जिर्खबहादुर विष्टले भने बल्लतल्ल २५ हजार रुपैयाँ निकासा गर्ने तयारी गरेको बताउनुभयो । उहाँले नेपाल ग्रामीण पुनर्निमाण संस्था आरआरएन, डब्लु एच एच लगायतका दातृसंस्थासंग समन्वय गरेर तिव्रगतिमा काम गर्ने पनि बताउनुभयो ।

यता भूकम्पपीडितहरुले भने त्रिपालमुनिको बास कष्टकर भएको भन्दै सोत्तर भएका आफ्ना घर कहिले ठडिएलान भनेर प्रश्न गरी रहेका छन् । भूकम्पपीडितहरुको घाउँमा मल्हमपट्टी लगाउन र दिर्घकालिन योजना अगाडी सारेर आएका दातृनिकाय पनि अहिले घर टहरा निर्माण र यो चिसोबाट कसरी भूकम्पपीडितलाई बचाउन सकीन्छ भनेर लागेको देखिन्छ । डब्लु एच एचका कन्ट्री डाईरेक्टर साकेब नाबीले सरकारसंग मिलेर काम भई रहको बताउनुभयो ।

भूकम्पपीडितले घर र भएको अन्नपातसबै सखाप भएपछि खाना नाना र छानासहितको योजनाको आश गरी रहेकाछन् । तर, योजना अनुसार दामासायी रुपमा तिब्र रुपमा घर टहरा बन्न सकेको छैन । पछिल्लो समय आर आर एन र डब्लु एच एचको सहयोगमा केहि घर टहरा बन्न थालेका छन् ।

त्यसैले तत्कालै बढ्दो चिसोबाट यसरी घरबारबिहिन भएकालाई बचाउन जतिसक्दो चाडो घर टहरा निर्माण गरी व्यवस्थित बासको व्यवस्थापन जरुरी छ । जुन स्थानीय सरकार र दातृनिकायको समन्वय र सहकार्यबाट मात्र सम्भव देखिन्छ ।