
काठमाडौं । नेपाली कांग्रेस राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि मापदण्ड बनाएको छ ।
बिहीबारबाट सुरु भएको पार्टीको केन्द्रिय कार्यसमितिको बैठक सकिएपछि शनिबार बैठकका निर्णय सार्वजनिक गर्दै कांग्रेसका नेता मिनबहादुर विश्वकर्माले समितिको बैठकले सो मापदण्ड बनाएको बताउनुभयो ।
उहाँका अनुसार अहिलेसम्म अवसर नपाएका, पार्टीमा लामो समयसम्म काम गरेका तर पटकपटक छुटेका व्यक्तिहरु र समुदाय तथा भुगोललाई समेट्ने गरी प्राथमिकता दिने निर्णय बैठकले गरेको पनि बताउनुभयो । उहाँले बैठकले परिवर्तन भएकोमहासमितिको बैठकको मिति अनुमोदन गरेको छ ।
त्यस्तै, समुदायमा कांग्रेस भन्ने कार्यक्रमलाई माघ ७ गतेदेखि २२ गतेसम्म सम्पन्न गर्ने, जाजरकोट र रुकुमपश्चिम केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट प्रभावित परिवारहरुको अस्थायी घर टहरा निर्माणमा एक हजार वटा बनाइसकेकोमा धन्यवाद दिने र बाँकी बनाउँदै जाने निर्णय गरेको बताउनुभयो ।
त्यस्तै, बैठकले सरकारबाट दिइने अस्थायी घर टहरा निर्माणका लागि दिइने रकम चाँडो उपलब्ध गराउने र त्यसमा सरकारको विभिन्न संयन्त्रहरुलाई पनि प्रयोग गरेर चाँडो भन्दा चाँडो घरबार बिहीनलाई छानामुनि ल्याउनका लागि सरकारसँग माग गर्ने, ुशासनका क्षेत्रमा देखिएका केही समस्याहरुलाई केन्द्रिय समितिले उजागर गरेको र जनताले महशुस गर्नेगरी सुशासन सेवा प्रवाह गर्नका लागि सरकारसँग माग गर्ने निर्णय गरेको छ ।
बैठकले बालकुमारीमा भएको घटनामा दुई जनाको ज्यान गएकोबारे कसको पक्षबाट कमजोरी भएको हो, सरकारले गठन गरेको समितिबाट सत्यतथ्य छानबिन गरी मृतक परिवारलाई क्षतिपूर्ति दिनेकुरा, घाइतेहरुको उपचार र परिवारजनमा परेको क्षतिमा राज्यको तर्फबाट विशेष निर्णय गर्नका लागि माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस्