
एजेन्सी । प्रजातान्त्रिक गणतन्त्र कंगोमा राष्ट्रपति फेलिक्स सिसेकेडी दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । उनका विपक्षी उम्मेदवारहरूले भने पुनः मतदानको माग गर्दै यो चुनावलाई “धोखा’’को रूपमा निन्दा गरेका छन् ।
राष्ट्रपतिले करिब ७३ प्रतिशत भोट ल्याएको तथा उनका निकटतम प्रतिद्वन्द्वी मोइस कातुम्बीले १८ प्रतिशत मत प्राप्त गरेको निर्वाचन कार्यालयको घोषणा छ ।
गत २० डिसेम्बरमा भएको चुनावमा व्यापक कमजोरी तथा धाँधली भएको आरोप लागेको छ । देशका केही भागहरूमा दोस्रो दिन पनि मतदान विस्तार गर्नुपरेको थियो भने पर्यवेक्षक समूहका अनुसार करिब दुई तिहाइ मतदान केन्द्रहरू निर्धारित समयभन्दा निकै ढिला मात्रै खुलेका थिए ।
आइतबार निर्वाचन परिणाम घोषणा गरिएपछि कैयौं प्रमुख प्रतिद्वन्द्वीहरूले विरोध प्रदर्शनको आह्वान गरेका छन् ।
राजधानी किन्शासाका विभिन्न भागमा कुनै अशान्ति हुन नदिन सेना परिचालन गरिएको छ भने सिसेकेदीका समर्थकहरू विजय उत्सव मनाइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्