२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


विदेशमा गइ परिवार पाल्छु भन्ने दुई युवालाई गृह प्रशासनले हत्या गर्‍यो : रवि लामिछाने


936
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशमा रोजगारी नपाउँदा विदेशमा गइ कमाएर परिवार पाल्छु भन्ने युवाहरुको हत्या गृह प्रशासनले गरेको भन्दै सरकारको विरोध गर्नुभएको छ ।

सोमबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले यस्तो बताउनुभएको हो । उहाँले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको कमी कमजोरीका बालकुमारीमा दुई जना युवाले ज्यान गुमाउनुभएको जिकिर गर्नुभयो ।

सभापति लामिछानेले सरकारले दुई युवाहरुको हत्या गरेको बताउनुभयो । भुसको थुप्रोमुनि हराएको सियो र गृहमन्त्री र समुन्द्रमा हराएको टाइटनिक भेटिए पनि सरकार र गृहमन्त्रीमा नैतिकता नभेटिने टिप्पणी गर्नुभयो । उहाँले भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले झुटो बोलेको कुराबारे के हुन्छ ? भन्दै प्रश्न गर्नुभयो ।

सभापति लामिछानेले नक्कली भूटानी शरणार्थी प्रकरणमा बिना कारण प्रहरी अधिकारीहरुलाई सरुवा गर्नु, प्रकरणमा मुसिएकाहरुलाई बयान नै नलिनुले गृहमन्त्री राजनीतिक संरक्षणमा रहेको पुष्टि भएको जिकिर गर्नुभयो ।