
काठमाडौं । शेयर बजार सोमबार पनि घटेरै बन्द भएको छ ।
उतारचढावकाबीच बजार परिसूचक नेप्से झण्डै ९ अंकले घट्दै २ हजार ६० मा थामिएको छ ।
बजार खुलेपछि बढेर २ हजार ९४ विन्दुसम्म पुगेको परिसूचक २ बजेपछि घट्न थालेको थियो । उपसमूहहरु मध्ये लगानी र उत्पादन समूहमा १ प्रतिशत बढीको वृद्धि आउदा वाणिज्य बैक, विकास बैक र व्यापार समूह सामान्य अंकले बढेका छन् ।
होटल तथा पर्यटन, जलविद्युत र जीवन बिमा समूह १ प्रतिशत बढीले ओरालो लाग्दा अरु समूह समान्य अंकले घटेका छन् । घटेको बजारमा पनि करिब आधा दर्जन कम्पनीको शेयर मूल्यमा भने सकरात्मक सर्किट लागेको छ ।
सोमबार पनि शिवम् सिमेन्ट र सोनापुर सिमेन्टको सर्वाधिक कारोबार भएको छ । १ सय ५९ कम्पनीको शेयर मूल्य घटेको बजारमा जम्मा ७७ कम्पनीको मात्रै बढेको छ । यसदिन ३ सय ६ कम्पनीको १ करोड १८ लाख कित्ता शेयर ४ अर्ब ४८ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ ।
प्रतिक्रिया दिनुहोस्