२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


लुम्बिनीमा अल्पकालिन ऋषिनी प्रवज्या सम्पन्न


702
Shares

काठमाडौं । तथागत गौतम बुद्धको जन्म भुमि लुम्बिनीमा अल्पकालीन ऋषिनी प्रवज्या सम्पन्न भएको छ ।

राजकीय थाई विहार, लुम्बिनी र विश्व शान्ति विहार, काठमाडौंको संयुक्त आयोजनामा भएको प्रवज्यामा ९५ जना महिला सहभागी भएका थिए ।

थेरवाद बौद्ध परम्परा अनुसार सहभागी महिलाहरूलाई प्रवज्या गरेर ८ दिनसम्म बौद्ध दर्शन र विपश्यना ध्यान भावना गराईएको थियो । थाई बिहारका प्रमुख भिक्षु फ्रा श्रीवोधिविदेस सुफोट र विश्व शान्ति विहारका भिक्षु बोधिज्ञान महास्थविरले धर्म देशना गर्नु भएको थियो ।

चौथो पटक भएको यो प्रवज्याले विश्वमा बुद्ध धर्मको प्रचार प्रसारमा सहयोग पुग्ने विश्वास लिईएको छ ।