
सिन्धुली । सिन्धुलीको सुनकोशी, मरिण र कमलाखोच क्षेत्रमा अवैध रुपमा सञ्चालित क्रसर उद्योगहरुले मानव बस्ती जोखिममा परेको छ ।
सरकारी मापदण्ड विपरित सञ्चालन भइरहेका उद्योगका कारण मानव बस्ती र प्रमुख राजमार्गहरु विपी, मदन भण्डारी र मध्यपहाडी राजमार्गसमेत जोखिममा परेको छ । यस क्षेत्रका क्रसर उद्योगहरुले अवैध रुपमा नदीजन्य पदार्थ गिट्टी, वालुवा, रोडा र ढुंगाहरुको जथाभावी रुपमा उत्खनन् र निकासी गर्दै आएका छन् ।
सिन्धुलीका स्थानीय तहहरुले नियम विपरित संचालनको अनुमति दिएका त्यस्ता क्रसर उद्योगहरुले खेतीयोग्य जमिनको क्षयीकरण गर्नुका साथै वातावरणीय प्रदुषणले मानव स्वास्थ्यमा प्रतिकुल असर पर्न थालेको छ ।
बालुवा चाल्ने प्रयोजनको बहानामा संचालन हुदै आएका त्यस्ता अवैध क्रसर उद्योगहरुका कारण सुनकोशी, कमला र मरिण
क्षेत्रमा बाढी, पहिरो जस्ता प्राकृतिक विपत्तिहरु दोहोरिने रहेको स्थानीय बताउँछन् ।
सिन्धुलीको सुनकोशी गाउँपालिका, कमलामाई नगरपालिका र दुधौली नगरपालिकाका विभिन्न स्थानहरुमा दुई दर्जनको हाराहारीमा अवैध क्रसरहरु सञ्चालनमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्