१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


स्वदेशमा उत्पादित वस्तुको प्रयोग बढाऔं : मन्त्री गुरुङ


117
Shares

काठमाडौं । शहरी विकासमन्त्री सीता गुरुङले स्वदेशमै उत्पादित वस्तुहरुको प्रयोग बढाउनुपर्नेमा जोड दिनुभएको छ ।

शुक्रबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नवौं नेपाल वुड अन्तर्राष्ट्रिय एक्स्पोको उद्घाटन गर्दै मन्त्री गुरुङले नेपालमा हुने विकास निर्माणका कार्यमा स्वदेशमै उत्पादित वस्तुहरुको प्रयोग बढाउनुपर्ने बताउनुभएको हो ।

मन्त्री गुरुङले नेपालमै अन्तर्राष्ट्रिय मापदण्डअनुसारको विभिन्न काष्ठसम्बन्धी सामाग्रीहरुको उत्पादन बढीरहेको र नेपालमै काष्ठ सम्बन्धी उद्योगहरु बढाउनुपर्ने बताउनुभयो । काष्ठसम्बन्धी उद्योग र यस्ता मेलाहरुलाई सहुलियत दिइरहेको पनि बताउनुभयो । उहाँले नेपालमा काष्ठसम्बन्धी बनेका सामग्रीहरुको प्रचार नेपालमा हुन नसकेकाले आगामी दिनमा यसको प्रचार बढाउँदै लैजानुपर्ने बताउनुभयो ।

मन्त्री गुरुङले नेपाली बजारमा अन्तर्राष्ट्रिय सामाग्री नै बढी खोज्ने कुराले स्वदेशमा उत्पादित वस्तुमा बढी बजार र पहिचान पाउन नसकेको बताउनुभयो । मेला तीन दिनसम्म सञ्चालन हुने छ ।