
काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिलकुमार शर्माले सरकारले चाहेमा एक हप्तामै सरकारी तथा निजी अस्पतालबाट स्वास्थ्य बिमा गरेका बिमितले उपचार पाउनसक्ने बताउनुभएको छ ।
नेपाली काँग्रेस जिल्ला कार्य समिति भोजपुरले गरेको भेटघाट कार्यक्रममा सांसद शर्माले राज्य जनताको स्वास्थ्य र शिक्षामा नभइ कमिसन धन्दामा लागेको आरोप लगाउनु भयो ।
सांसद शर्माले सरकार जनताको उपचारमा भन्दा कमिसनको खेलमा ठूलाठूला ठेक्का निकाल्ने र ठेक्का कसरी आफू निकटका ठेकेदारलाई पार्ने भन्ने धन्दामा लागेको आरोप लगाउनु भयो ।
सोमबार नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलको सहयोगमा आमचोकमा गरिएको निःशुल्क स्वास्थ्य शिविरका अवसरमा सांसद शर्माले यस्तो टिप्पणी गर्नुभएको हो । शिविरमा अस्पतालका विशेषज्ञ डाक्टरहरुबाट सेवा प्रदान गरिने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्