
काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले हरित अर्थतन्त्र निर्माणका लागि नेपालमा उत्पादन भएको विद्युत नेपालमै खपत गर्नुपर्ने बताउनुभएको छ ।
मंगलबार सिंहदरबारमा बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
राष्ट्रिय सभा सदस्य गौतमले भएको विद्युत अरु देशलाई बेचेर नेपालमा कसरी हरित अर्थतन्त्र निर्माण हुनसक्छ ? भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रश्न गर्नुभयो । उहाँले हरित अर्थतन्त्र विद्युतले मात्रै उत्पादन गर्नसक्ने बताउनुभयो । उहाँले हरित अर्थतन्त्रको विकास गरेको दिनबाट थप विद्युत उत्पादन गरी बिक्री गर्नुपर्ने बताउनु भयो । उहाँले विद्युत बिक्री गरिएका सम्झौतहरु खारेज गरेर नेपालमै हरित अर्थतन्त्रको विकास गर्नुपर्ने बताउनुभयो ।
सदस्य गौतमले सम्पूर्ण अर्थतन्त्रको आधार विद्युत बनाउनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्