
काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साले लागुऔषध खैरो हेरोइन सहित २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बारा जितपुर सिमरा उप महानगरपालिका ७ का ३८ वर्षिय विनोद प्रसाद गुप्ता र सोही ठाउँका वर्ष ३८ वर्षिय फिरोज चौधरी रहेका छन् ।
प्रहरीले उनिहरुको साथबाट १ सय २ ग्राम खैरो हेरोइन बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरोको टोलिले बिरगन्ज महानगरपालिका ८ बाट पक्राउ गरेको हो ।
खानतलासीको क्रममा बिनोद प्रसाद गुप्ताले लगाइ राखेको पाइन्टको खल्तीबाट २ वटा प्लास्टिकको पोकामा १ सय ८ ग्राम हेरोइन बरामद गरेको हो ।
बरामद लागुऔषध सहित नियन्त्रणमा लिइ लागुऔषध सम्बन्धि कसुरमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रबक्ता कुमार बिक्रम थापाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्