१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पशुपति मन्दिर परिसरमा स्तनपान कक्ष


468
Shares

काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा स्तनपान कक्षको शुभारम्भ भएको छ ।

मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले स्तनपान कक्षको शुभारम्भ गर्नुभएको हो ।

मन्दिर क्षेत्रमा हुने महिलाको समस्यालाई मध्यनजर गर्दै पशुपति क्षेत्र विकास कोषले यो व्यवस्था गरेको हो ।

राज्यमन्त्री सिर्पालीले पशुपतिनाथ मन्दिर क्षेत्रमा महिलाको समस्यालाई मध्यनजर गर्दै स्तनपान कक्षको सञ्चालन गरिएको बताउनुभयो । उहाँले स्तनपान कक्षको उद्घाटन बाल अधिकारको संरक्षण पनि भएको बताउनुभयो । उहाँले यो कार्य भगवानको मन्दिरमा सामाजिक सेवाको सकारात्मक सन्देश भएको बताउनुभयो ।

मन्त्री सिर्पालीले आगामी दिनमा भक्तजनहरुको सेवा सुविधाका लागि थप काम गर्दै जाने प्रतिवद्धता जनाउनुभयो । स्तनपान कक्षमा तातो र चिसो पानीको व्यवस्था गरिएको क्षेत्र विकास कोषले जनाएको छ । स्तनपान कक्षको सरसफाईका लागि कर्मचारी पनि खटाइएको बताएको छ ।