३१ चैत्र २०८१, आइतबार | Mon Apr 14 2025


रुकुममा एफटिटिएच सेवा सुरु


208
Shares

काठमाडौं । नेपाल टेलिकमले दुर्गम क्षेत्र रुकुम (पूर्व) को रुकुमकोट र रुकुम (पश्चिम)को मुसीकोटमा दूरसञ्चार पूर्वाधार अप्टिकल ट्रान्समिसन लिङ्क विस्तार गरेर फाइबर टु द होम (एफटिटिएच) सेवा सुरु गरेको छ ।

बुधबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रालयमा भर्चुअल माध्यमबाट सेवा शुभारम्भ गर्नु भएको हो ।

सो अवसरमा उहाँले टेलिकमबाट वितरण भएका सेवाहरुको मर्मत सम्भारलाई चुस्त दुरुस्त बनाउन आवश्यक रहेको बताउनुभयो । ग्राहक सेवालाई पनि ग्राहकमैत्री बनाउनुपर्ने भन्दै उहाँले २४ घण्टा सेवा पु¥याउन आवश्यक छलफल भइरहको जानकारी गराउनुभयो ।

यस सेवा सँगै विकट रुकुममा आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकीय र शैक्षिक विकास प्रत्यक्ष प्रभाव पार्ने उहाँले बताउनुभयो । त्यस्तै, यस क्षेत्रको रहनसहन र भेषभुषा लगायतका सबै सांस्कृतिक कुराहरुलाई राज्यको मुल प्रवाहमा ल्याउन समेत सहयोग पुग्ने उहाँको विश्वास छ । हुम्ला र डोल्पा जिल्लामा पनि यसै आर्थिक वर्षभित्र यो सेवा पु¥याइसक्ने मन्त्री शर्माले जानकारी गराउनुभयो ।