
गृष्मा राजभण्डारी र दिपक श्रेष्ठ
काठमाडौं । व्यक्ति बेपत्ता पारेकोदेखि अनुयायीमाथि यौन शोषणको आरोप लागेका ५ वर्षदेखि फरार लीटील बुद्ध भनीने रामबहादुर बम्जन अन्ततः पक्राउ परेका छन् । केन्द्रीय असनुसन्धान ब्यूरो (सिआईबी)ले मंगलबार घरैबाट पक्राउ गरेर बम्जनलाई बुधबार सार्वजनिक गरेको हो । पक्राउसँगै बम्जनले तपस्वीको भेषमा अत्यन्त विलासी जीवन बिताउँदै आएको आश्चर्यजनक तथ्य खुलेको छ ।
भारतमा साधुको भेषमा विभिन्न अनैतिक क्रियाकलाप गरेको आरोपमा थुप्रै साधुसन्त, प्रवचनकर्ताहरु पक्राउ पर्नु नौलो होइन । बाल यौन दूराचारको आरोप लागेका तपस्वी रामबहादुर बम्जनलाई केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दा उनले पनि विलासी जिवन विताइरहेको खुलासा भएको छ । पाँच वर्ष अघि एक जना अनुयायीको हत्या, व्यक्ति बेपत्ता तथा जबर्जस्ती करणीको मुद्दा परेपछि फरार रहेका बम्जनलाई पक्रन यस अघि प्रहरीले पटक पटक प्रयास गरे पनि सफल हुन सकेको थिएन ।
प्रहरीको सर्वाधीक खोजीमा रहेका बम्जनलाई मंगलबार बूढानीलकण्ठस्थित हातिगौँडाबाट सिआईबीको टोलीले पक्राउ गरेको हो । सीआईवीको टोली पक्राउ गर्न घरभित्र छिर्दै गर्दा उनी घरको चौथो तल्ला बाट हामफालेर भाग्न कोशीस गर्दैगर्दा क्रममा पक्राउ परेका हुन् ।
तपस्वीको भेषमा रहँदै आएका बम्जनले विलाशी जिवन विताइरको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले बम्जनका घरबाट विभिन्न देशका मुद्रासहित ठुलो रकम बरामद गरेको छ । उनको घरबाट विभिन्न १७ देशका मुद्रा, नेपाली तीन करोड तिन लाख बढी रुपैयाँ बरामद भएको छ । यस्तै, उनको घरबाट १४ थाना मोबाइल, २ वटा ल्यापटप, ५ वटा आईप्याड तथा ट्यावलेट, २० वटा पेनड्राइभ, एउटा गाडी र ३ वटा मोटरसाइकल पनि बरामद गरेको सिआइबीले जनाएको छ ।
झण्डै अढाई करोड बराबर मूल्य पर्ने टोयोटाको फर्चुनर गाडी चढिरहेका बम्जनले क्रस फायर कम्पनीको डर्ट बाइक, ३ सय ९ सीसीको केटिएम ड्यूक लगायत मोटरसाइकल समेत प्रयोग गरिरहेका प्रहरीले जनाएको छ । यसमाथि बम्जनका लागि ५ करोड मूल्य पर्ने ल्यान्ड क्रुजर गाडी किन्ने तयारी समेत भैरहेको र यसकालागि ३ करोड रुपैयाँ भुक्तानी समेत भइसकेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
सिआईबीले बम्जनलाई भित्र सार्वजनिक गर्दैगर्दा सिआईबी परिसरमा उनका समर्थकको भने अझै पनि विरोध जारी र।खेका थिए । सर्मथक मात्र नभई उनलाई भेट्न पूर्व राज्यमन्त्री यशोदा लामा समेत सिआईबीको कार्यलयमानै पुग्नु भएको थियो । २०६२ साल जेठदेखि पाँचवर्ष निराहार तपस्गा गर्ने भन्दै बाराको जङ्गलमा बसेका बम्जन सुरुदेखिनै विवादीत बनेका थिए । उनीविरुद्ध सर्लाहीकी २९ वर्षीया रिता बोटलाई बेपत्ता पारेको आरोपमा उनकी आमाले २०७५ सालमा किटानी जोहरी दिएकी थिइन् । यस्तै बाराका सुरेशकुमार आले मगर, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर र सञ्चमान वाईवा बेपत्ता पारेको अभियोग पनि छ ।
जिल्ला अदालत, सर्लाहीबाट उनीविरुद्ध पक्राउ पूर्जी जारी भएकाले उनलाई सर्लाही जिल्ला अदालतमा उपस्थित गराउन आजै सर्लाही लगिएको छ ।
प्रतिक्रिया दिनुहोस्